kumari
stcnepal

समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटायो

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सात वटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई खटिनेछन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा स्थायी समिति सदस्य रामचन्द्र झा खटिनेछन् । नेकपा एकीकृत समाजवादीले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ‘जनतामा जाऊ, एकीकृत समाजवादीलाई जिताऊ’ भन्ने नारा सहित चुनावी अभियान गर्न लागेको छ । सो अभियानका लागि सात वटै प्रदेशमा पदाधिकारी सहितको टोली पठाउन लागेको हो । टोलीले सबै प्रदेश, पालिका र वडाको ‘रिपोर्टिङ’ लिने छ । पार्टीले उम्मेदवार चयन गर्ने मापदण्ड बारे भने निर्णय हुन बाँकी रहेको खतिवडाले जानकारी दिए।

 

 

footer