सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटायो

533
shares

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सात वटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई खटिनेछन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा स्थायी समिति सदस्य रामचन्द्र झा खटिनेछन् । नेकपा एकीकृत समाजवादीले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ‘जनतामा जाऊ, एकीकृत समाजवादीलाई जिताऊ’ भन्ने नारा सहित चुनावी अभियान गर्न लागेको छ । सो अभियानका लागि सात वटै प्रदेशमा पदाधिकारी सहितको टोली पठाउन लागेको हो । टोलीले सबै प्रदेश, पालिका र वडाको ‘रिपोर्टिङ’ लिने छ । पार्टीले उम्मेदवार चयन गर्ने मापदण्ड बारे भने निर्णय हुन बाँकी रहेको खतिवडाले जानकारी दिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports