kumari
stcnepal

मन्त्री भुसालको सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन् ।

गत मंसिर १ गते बाट सिँचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउन आफू लागि परेको बताइन् । शुक्रबार बाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई आग्रह गरिन् । उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फुलहरू आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन् । उद्योगीहरुले मुलुकको मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउने खालको बस्तुहरुको उत्पादन र बिक्रीवितरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

footer