तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री भुसालको सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा

481
shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन् ।

गत मंसिर १ गते बाट सिँचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउन आफू लागि परेको बताइन् । शुक्रबार बाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई आग्रह गरिन् । उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फुलहरू आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन् । उद्योगीहरुले मुलुकको मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउने खालको बस्तुहरुको उत्पादन र बिक्रीवितरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports