kumari
stcnepal

काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा गरेका कामहरुको सूची सार्वजनिक गरे

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरुको सूची सार्वजनिक गरेका छन् । शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी महानगर प्रमुख शाक्यले चार वर्षमा गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेका हुन् ।

प्रमुख शाक्यले उक्त समयावधिमा १५० भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण गरिसकेको समेत बताएका छन् । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत बाहिरका जिल्लाका स्थानीय सरकारहरु सँग भगिनी सम्बन्ध स्थापना गरी सहकार्य र साझेदारी गर्दै आएको बताएका छन् ।

 

 

 

footer