kumari
stcnepal

चीनमा कोरोनाको नयाँ संक्रमणले गत २ वर्षको रेकर्ड तोड्यो

भारतमा कोभिड–१९ (कोरोना) को तेस्रो लहर समाप्त भएको एक महिना पनि भएको छैन । तर छिमेकी देश चीनमा कोरोनाको नयाँ संक्रमणले गत २ वर्षको रेकर्ड तोडेको छ । यसैगरी जर्मनी, इटाली, फ्रान्ससमेत कयौं युरोपेली देश र दक्षिण कोरियाजस्ता एसियाली देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ ।

कोरोनाको यो ताजा लहरका पछाडि ‘स्टेल्थ ओमिक्रोन’ भनिँदै आएको ओमिक्रोनको सब भेरियन्ट ‘बीए २’ लाई जिम्मेवार मानिँदै आएको छ । चीन कोरोना महामारीको सुरुवात पछि यो घातक भाइरसबाट सर्वाधिक हमला झेलिरहेको छ र पछिल्ला केही साता देखि त्यहाँ कोरोनाको नयाँ केसले रेकर्ड बनाएको छ ।

कोरोना संक्रमण केवल चीन मात्रै नभएर युरोप र एसियाका देशमा पनि बढ्न थालेको छ । विशेषगरी जर्मनीमा प्रत्येक दिन २.५ लाख भन्दा बढी नयाँ केस देखिएका छन् । यसैगरी एसियाली देश दक्षिण कोरियामा १६ मार्चमा ४ लाख नयाँ केस देखिएका छन्, जुन यस देशका लागि नयाँ रेकर्ड हो ।

यसैगरी फ्रान्स, इटाली, नेदरल्यान्ड र स्विट्जरल्यान्ड जस्ता अन्य युरोपेली देशमा पनि कोरोनाको केस बढ्न थालेको छ । अमेरिकाको अवस्था पनि त्यति राम्रो छैन । त्यहाँ प्रत्येक दिन करिब २५ देखि ३० हजार नयाँ संक्रमित देखा परेका छन् । यसका पछाडि ओमिक्रोनको सब–भेरियन्ट ‘बीए २’ अर्थात् स्टेल्थ ओमिक्रोनलाई जिम्मेवार मानिएको छ

 

 

 

footer