kumari
stcnepal

नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै

स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज सोमबार काठमाडौँमा बस्दैछ ।

सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुनेछ । यही चैत ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो ।

यही चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो । स्थायी कमिटीको बैठक यही चैत १३ गते हुनेछ ।सचिवालयको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट भई जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटी बाट भई सो बारे प्रदेश कमिटीले निर्णय गर्र्ने सचिवालयको निर्णय छ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयनको सिफारिश सजिल्ला र प्रदेश कमिटीले गर्ने र सो बारे केन्द्रले निर्णय गर्ने सचिवाललयको प्रस्ताव छ ।

 

 

 

footer