तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै

507
shares

स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज सोमबार काठमाडौँमा बस्दैछ ।

सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुनेछ । यही चैत ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो ।

यही चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो । स्थायी कमिटीको बैठक यही चैत १३ गते हुनेछ ।सचिवालयको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट भई जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटी बाट भई सो बारे प्रदेश कमिटीले निर्णय गर्र्ने सचिवालयको निर्णय छ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयनको सिफारिश सजिल्ला र प्रदेश कमिटीले गर्ने र सो बारे केन्द्रले निर्णय गर्ने सचिवाललयको प्रस्ताव छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports