kumari
stcnepal

पाँच दलिय गठबन्धनको हार एमाले बिजयी

पाल्पा । राडिचुडी खानेपानी उपभोत्ता समिति तानसेन ९ मदनपोखरामा आज भएको निर्वाचनमा नेकपा एमाले निकट उमेद्वार गणेश अर्याल बिजयी हुनुभएको छ । अर्याल गठबन्धनका उमेद्वार मिन प्रसाद बन्जाडेले भन्दा १ सय ७ मत धेरै ल्याएर बिजयी हुनुभएको हो।

निर्वाचनमा बिजेता गणेश अर्यालले ४ सय ३४ मत प्राप्त गर्नुभयो भने उपबिजेता मिन प्रसाद बन्जाडेले ३ सय २७ मत प्राप्त गर्नुभयो । ५५ मत बदर भएको थियो । तानसेन ९ मदनपोखरा पूर्वमन्त्री तथा सांसद सोम प्रसाद पाण्डेयको वडा हो पाण्डेका नजिकका उमेद्वार मिन प्रसाद बन्जाडेलाई बिजयी बनाउन पाण्डेय लगायतका गठबन्धनका नेताहरु र बिजेता एमाले पार्टीका उमेद्वार गणेश अर्याललाई जिताउन नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेय लगायतका नेताहरु निवार्चन स्थलमै प्रसार प्रसारमा भेटिएका थिए । यो निर्वाचन पाल्पा जिल्लाकै गठबन्धन भर्सेष एमालेको प्रतिष्ठा संग जोडिएको बताइएको छ । जित संगै स्थानीय बासी तथा नेकपा एमाले तानसेन नगर अध्यक्ष आत्रेयले मदनपोखरामा एमालेका संगठीत बैचारिक कार्यकर्ताहरु रहेको र समुदायको बिकास निमार्णमा एमालेको अग्रता रहेकाले जित हासिल भएको बताउनुभयो ।

खानेपानी समितीको अन्य पदाधिकारी तथा सदस्यहरु यस अघिनै सर्वसम्मत भएको थियो । समितीको उपाध्यक्षमा कमल दर्लामी, सचिवमा नेत्र प्रसाद घिमिरे, कोषाध्यक्षमा कासिका गैरे निर्वाचित हुनुभएको छ ।

 

 

 

footer