विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलिय गठबन्धनको हार एमाले बिजयी

585
shares

पाल्पा । राडिचुडी खानेपानी उपभोत्ता समिति तानसेन ९ मदनपोखरामा आज भएको निर्वाचनमा नेकपा एमाले निकट उमेद्वार गणेश अर्याल बिजयी हुनुभएको छ । अर्याल गठबन्धनका उमेद्वार मिन प्रसाद बन्जाडेले भन्दा १ सय ७ मत धेरै ल्याएर बिजयी हुनुभएको हो।

निर्वाचनमा बिजेता गणेश अर्यालले ४ सय ३४ मत प्राप्त गर्नुभयो भने उपबिजेता मिन प्रसाद बन्जाडेले ३ सय २७ मत प्राप्त गर्नुभयो । ५५ मत बदर भएको थियो । तानसेन ९ मदनपोखरा पूर्वमन्त्री तथा सांसद सोम प्रसाद पाण्डेयको वडा हो पाण्डेका नजिकका उमेद्वार मिन प्रसाद बन्जाडेलाई बिजयी बनाउन पाण्डेय लगायतका गठबन्धनका नेताहरु र बिजेता एमाले पार्टीका उमेद्वार गणेश अर्याललाई जिताउन नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेय लगायतका नेताहरु निवार्चन स्थलमै प्रसार प्रसारमा भेटिएका थिए । यो निर्वाचन पाल्पा जिल्लाकै गठबन्धन भर्सेष एमालेको प्रतिष्ठा संग जोडिएको बताइएको छ । जित संगै स्थानीय बासी तथा नेकपा एमाले तानसेन नगर अध्यक्ष आत्रेयले मदनपोखरामा एमालेका संगठीत बैचारिक कार्यकर्ताहरु रहेको र समुदायको बिकास निमार्णमा एमालेको अग्रता रहेकाले जित हासिल भएको बताउनुभयो ।

खानेपानी समितीको अन्य पदाधिकारी तथा सदस्यहरु यस अघिनै सर्वसम्मत भएको थियो । समितीको उपाध्यक्षमा कमल दर्लामी, सचिवमा नेत्र प्रसाद घिमिरे, कोषाध्यक्षमा कासिका गैरे निर्वाचित हुनुभएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports