kumari
stcnepal

चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ देखि १३ सम्म नेपालको भ्रमणमा रहने

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले चैत ११ देखि १३ सम्म नेपालको औपचारिक भ्रमण गर्ने टुंगो लागेको छ ।परराष्ट्र मन्त्रालयले आज सोमबार विज्ञप्ति जारी गरेर चिनियाँ विदेशमन्त्री नेपाल आउन लागेको औपचारिक जानकारी गराएको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री यी नेपाल आउन लागेका हुन् ।भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने टुंगो लागेको छ ।

त्यसबाहेक, यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।चिनियाँ विदेशमन्त्री वाङ यीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले नेपाल र चीनको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका बारेमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

 

footer