तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ देखि १३ सम्म नेपालको भ्रमणमा रहने

637
shares

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले चैत ११ देखि १३ सम्म नेपालको औपचारिक भ्रमण गर्ने टुंगो लागेको छ ।परराष्ट्र मन्त्रालयले आज सोमबार विज्ञप्ति जारी गरेर चिनियाँ विदेशमन्त्री नेपाल आउन लागेको औपचारिक जानकारी गराएको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री यी नेपाल आउन लागेका हुन् ।भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने टुंगो लागेको छ ।

त्यसबाहेक, यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।चिनियाँ विदेशमन्त्री वाङ यीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले नेपाल र चीनको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका बारेमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports