kumari
stcnepal

चार दलले धनकुटामा स्थानीय चुनावमा गठबन्धन गर्ने घोषणा

धनकुटा । धनकुटामा क्रियाशिल चार राजनीतिक दलले स्थानीय चुनावमा गठबन्धन गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका जिल्ला अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजकले संयुक्त विज्ञप्ति निकालेर चुनावी गठबन्धन गर्ने प्रतिवद्धता जनाएका हुन् । सामुहिक मर्म, भावना र उद्देश्य पूरा गर्नका लागि राष्ट्रिय र प्रदेश तहमा जसरी गठबन्धन गरिएको छ त्यसैगरी स्थानीय तहमा समेत आवश्यकताका आधारमा सहकार्य गर्ने उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रा सांगठानिक संरचनालाई समेत स्थानीयस्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं’, चार दलको संयुक्त विज्ञप्तिमा उल्लेख छ । धनकुटामा क्रियाशिल चार दलले अन्य लोकतान्त्रिक दललाई पनि गठबन्धनमा आवद्ध हुन आग्रह पनि गरेका छन् ।

 

 

footer