सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चार दलले धनकुटामा स्थानीय चुनावमा गठबन्धन गर्ने घोषणा

546
shares

धनकुटा । धनकुटामा क्रियाशिल चार राजनीतिक दलले स्थानीय चुनावमा गठबन्धन गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका जिल्ला अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजकले संयुक्त विज्ञप्ति निकालेर चुनावी गठबन्धन गर्ने प्रतिवद्धता जनाएका हुन् । सामुहिक मर्म, भावना र उद्देश्य पूरा गर्नका लागि राष्ट्रिय र प्रदेश तहमा जसरी गठबन्धन गरिएको छ त्यसैगरी स्थानीय तहमा समेत आवश्यकताका आधारमा सहकार्य गर्ने उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रा सांगठानिक संरचनालाई समेत स्थानीयस्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं’, चार दलको संयुक्त विज्ञप्तिमा उल्लेख छ । धनकुटामा क्रियाशिल चार दलले अन्य लोकतान्त्रिक दललाई पनि गठबन्धनमा आवद्ध हुन आग्रह पनि गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports