kumari
stcnepal

रूस र जापान बीचको सम्झौता भङ

रुसको परराष्ट्र मन्त्रालयले जापान सँग शान्ति सन्धि गर्ने सम्झौता बाट बाहिरिएको घोषणा गरेको छ ।

युक्रेन माथि रुसको आक्रमण पछि जापानले रुस विरुद्ध आर्थिक प्रतिबन्ध लगाएकाले रुस सम्झौता बाट बाहिरिएको हो । ‘वर्तमान परिस्थितिमा जापानले खुला रूपमा अमैत्रीपूर्ण अडान लिएको र हाम्रो देशको हितलाई क्षति पुर्‍याउने प्रयास गरेको भएर शान्ति सन्धिका लागि सम्झौता गर्ने हाम्रो उद्देश्य छैन,’ परराष्ट्र मन्त्रालयले जनायो ।

गत साता जापानले मस्कोको व्यापार हैसियत खारेज गर्ने तथा रुसी व्यक्तिहरूको सम्पत्ति रोक्कालाई थप विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो । रुस र जापानले दोस्रो विश्वयुद्ध देखिको शत्रुतालाई आधिकारिक रूपमा अझै सम्म अन्त्य गरेका छैनन् किनकि होक्काइदो भन्दा उत्तरका टापु समूहका विषयमा विवाद कायम छ ।

शान्ति सन्धि बाट बाहिरिने रुसको निर्णयलाई जापानको प्रधानमन्त्री फुमियो किशिदाले आलोचना गरेका छन् ।

 

 

 

footer