kumari
stcnepal

नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको रकम आईओसीलाई गर्यो भुक्तानी

 

काठमाडौं । नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता १२ अर्ब ३० करोड रुपैयाँ भारतीय आयल कर्पोरेसन ९आईओसी० लाई भुक्तानी गरेको छ ।

बुधबार आईओसीलाई मार्च महिनाको दोस्रो किस्ता बापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ । गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको हो । गत ८ मार्चमा भुक्तानीका लागि नियमित बिक्रीबाट नपुगेर मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २५ करोड चलाएको थियो । निगम अझै मासिक १० अर्ब घाटामा रहेको छ ।

 

footer