kumari
stcnepal

चैत मसान्त भित्र उम्मेदवार सिफारिस गर्न एमाले बैठकको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्त चित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले एक महिला सहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्ड पास गरेको छ । एमालेको निर्णय अनुसार वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्लाले निर्णय गर्नेछ । पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिस गर्नेछ भने प्रदेशले निर्णय गर्ने छ ।

यस्तै महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने व्यवस्था छ ।

 

 

 

footer