नेपाल विरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्युगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । शनिबार भएको सिरिजको अन्तिम खेलमा नेपाल ३ विकेटले पराजित भयो । पीएनजीले सिरिजको पहिलो खेलमा नेपाल माथि ६ रनको जित निकालको थियो ।
यो सँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम इनिङ्समा ५० रन बनाउने विश्वकै दोस्रो खेलाडी बने । उनले २२ खेलमा ५० विकेट लिए । पीएनजीले दोस्रो ओभरमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरको दोस्रो बलमा टोली उरालाई सोमपाल कामीले क्याच आउट गराएका थिए । सोही ओभरको तेस्रो बलमा असाड भालालाई पनि सोमपालले क्याच आउट गराए । टस जितेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रले १०५ रनको शतकीय पारी खेले । १४० बल खेलेका उनले ७ चौका प्रहार गरे ।
नेपालका लागि १२९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा हाल सम्मकै सर्वाधिक साझेदारी हो । यसअघि शुक्रबार भएको खेलमा आरिफ शेख र रोहित कुमार पौड्यालले १०४ रनको साझेदारी गरेका थिए । नेपालका कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । नेपालले ४८ औं ओभरको दोस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । नेपालका भिम सार्की २६ रन बनाएर आउट भए । सोही ओभरको अन्तिम बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो ।