प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल विरुद्धको एकदिवसीय सिरिजमा पीएनजीको क्लिन स्विप

572
shares

नेपाल विरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्युगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । शनिबार भएको सिरिजको अन्तिम खेलमा नेपाल ३ विकेटले पराजित भयो । पीएनजीले सिरिजको पहिलो खेलमा नेपाल माथि ६ रनको जित निकालको थियो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै २८३ रन बनायो । पीएनजीका लागि लिगा सिकाले ९० रनको अर्धशतकीय पारी खेले । १०२ बल खेलेका उनले रन बनाए । उनलाई नेपालका पवन सरार्फ ३३ औं ओभरको चौथो बलमा बोल्ड आउट गराए । पीएनजीका लागि रिले हेकुरेले ४८ बनाए । सेसे बाउले ३८ रन बनाए । उनी ३७ औं ओभरको दोस्रो बलमा एलबीडब्लू आउट भए । उनलाई पवव सरार्फले आउट गराए ।
पीएनजीले ४४औं ओभरको अन्तिम बलमा आफ्नो सातौं विकेट गुमयो । नेपालका आरिफ सेखले नोरमान भानुवालाई क्याच आउट गराए । यसअघि पीएनजीले ४३औं ओभरका पाँचौं बलमा आफ्नो छैटौं विकेट गुमायो । पीएनजीका हिरि हिरि १३ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीले क्याच आउट गराए । पीएनजीले १३औं ओभरको पहलिो बलमा आफ्नो तेस्रो विकेट गुमाएको थियो । पीएनजीका कार्लेस अमिनीलाई सन्दीपले ३५ रनमा एलबीडब्लू आउट गराए । सन्दीपले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० औं विकेटको रुपमा उनलाई आउट गराए ।

यो सँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम इनिङ्समा ५० रन बनाउने विश्वकै दोस्रो खेलाडी बने । उनले २२ खेलमा ५० विकेट लिए । पीएनजीले दोस्रो ओभरमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरको दोस्रो बलमा टोली उरालाई सोमपाल कामीले क्याच आउट गराएका थिए । सोही ओभरको तेस्रो बलमा असाड भालालाई पनि सोमपालले क्याच आउट गराए ।  टस जितेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो ।   नेपालका लागि दिपेन्द्रले १०५ रनको शतकीय पारी खेले । १४० बल खेलेका उनले ७ चौका प्रहार गरे ।

नेपालका लागि १२९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा हाल सम्मकै सर्वाधिक साझेदारी हो । यसअघि शुक्रबार भएको खेलमा आरिफ शेख र रोहित कुमार पौड्यालले १०४ रनको साझेदारी गरेका थिए । नेपालका कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । नेपालले ४८ औं ओभरको दोस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । नेपालका भिम सार्की २६ रन बनाएर आउट भए । सोही ओभरको अन्तिम बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports