kumari
stcnepal

अनिल आम्दानीले रिलायन्स बाट दिए राजिनामा

भारत ।रिलायन्स अनिल धिरुभाई अम्बानी समूह (एडीएजी) का अध्यक्ष अनिल अम्बानीले शुक्रबार राति रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चरको निर्देशक पद बाट राजीनामा दिएका छन्। भारतीय धितोपत्र बजारको नियामक निकाय सेक्यूरिटी बोर्ड अफ इण्डियन(सेबी)ले उनलाई कुनै पनि सूचीबद्ध कम्पनी बाट टाढा रहन भनेको थियो ।

आर–पावर र आर–इन्फ्राको सञ्चालक समितिले शुक्रबार राहुल सरिनलाई पाँच वर्षको कार्यकालका लागि अतिरिक्त सञ्चालकमा नियुक्त गरेको एडीएजी समूहका दुवै कम्पनीले बताए । तर, यो नियुक्तिमा सभासदको स्वीकृति भने हुन बाँकी छ ।

फेब्रुअरीमा सेबीले रिलायन्स होम फाइनान्स लिमिटेड, उद्योगपति अनिल अम्बानी र अन्य तीन व्यक्तिलाई धितो बजार बाट पैसा लुटेको आरोपमा प्रतिबन्ध लगाएको थियो । –एजेन्सी

 

 

 

footer