kumari
stcnepal

कांग्रेसको आजको बैठकले चुनावी समिकरण बारे निर्णय गर्ने

काठमाडौं । आगामी चुनावमा सत्ता गठबन्धनका दलहरु बीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यस बारे आज औपचारिक निर्णय गर्दै छ ।

तीन दिन देखि जारी केन्द्रीय समितिको बैठक चुनावमा तालमेल गर्ने निर्णय गर्दै आज सकिने छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी तालमेल लगायतका विषयमा आजको बैठक बाट निर्णय गर्ने जानकारी दिए । हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले बढी भन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए ।

आजको केन्द्रीय समिति बैठकले तालमेलको मोडालिटी समेत तयार पार्ने छ । बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ । संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

 

 

footer