२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको आजको बैठकले चुनावी समिकरण बारे निर्णय गर्ने

832
shares

काठमाडौं । आगामी चुनावमा सत्ता गठबन्धनका दलहरु बीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यस बारे आज औपचारिक निर्णय गर्दै छ ।

तीन दिन देखि जारी केन्द्रीय समितिको बैठक चुनावमा तालमेल गर्ने निर्णय गर्दै आज सकिने छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी तालमेल लगायतका विषयमा आजको बैठक बाट निर्णय गर्ने जानकारी दिए । हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले बढी भन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए ।

आजको केन्द्रीय समिति बैठकले तालमेलको मोडालिटी समेत तयार पार्ने छ । बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ । संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports