kumari
stcnepal

काठमाडौंको चोभार सुख्खा बन्दरगाह भित्रिने माल बाहक सवारी साधनको रुट तोकियो

काठमाडौं । सञ्चालनको तयारीमा रहेको काठमाडौंको चोभार सुख्खा बन्दरगाह भित्रिने माल बाहक सवारी साधनको रुट तय भएको छ ।

भन्सार विभागले भारत तर्फका पाँच प्रमुख नाका बाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थल मार्ग हुँदै सवारी साधन भित्रिने सडक मार्ग तोकेको हो । निर्धारित रुट अनुसार सबै सीमा क्षेत्रका नाका बाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै सुख्खा बन्दरगाह प्रवेश गर्नु पर्नेछ ।

विभागले तय गरेको स्थल मार्गको रुट अनुसार मेची भन्सार कार्यालय कांकडभित्ता बाट काठमाडौं बन्दरगाहका लागि आउने मालबाहक सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

यस्तै विराटनगर भन्सार कार्यालय बुद्धनगर मोरङ बाट छुटेको मालबाहक सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ । वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाह सिर्सिया बाट छुटेको माल बाहक सवारी साधन सिर्सिया, परवानीपुर, पथलैया, हेटौंडा, नारयाणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ । यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही बाट छुट्ने माल  बाहक गाडी बेलहीया, परासी, भुमही, बर्दघाट, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

 

 

footer