तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको चोभार सुख्खा बन्दरगाह भित्रिने माल बाहक सवारी साधनको रुट तोकियो

468
shares

काठमाडौं । सञ्चालनको तयारीमा रहेको काठमाडौंको चोभार सुख्खा बन्दरगाह भित्रिने माल बाहक सवारी साधनको रुट तय भएको छ ।

भन्सार विभागले भारत तर्फका पाँच प्रमुख नाका बाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थल मार्ग हुँदै सवारी साधन भित्रिने सडक मार्ग तोकेको हो । निर्धारित रुट अनुसार सबै सीमा क्षेत्रका नाका बाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै सुख्खा बन्दरगाह प्रवेश गर्नु पर्नेछ ।

विभागले तय गरेको स्थल मार्गको रुट अनुसार मेची भन्सार कार्यालय कांकडभित्ता बाट काठमाडौं बन्दरगाहका लागि आउने मालबाहक सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

यस्तै विराटनगर भन्सार कार्यालय बुद्धनगर मोरङ बाट छुटेको मालबाहक सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ । वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाह सिर्सिया बाट छुटेको माल बाहक सवारी साधन सिर्सिया, परवानीपुर, पथलैया, हेटौंडा, नारयाणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ । यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही बाट छुट्ने माल  बाहक गाडी बेलहीया, परासी, भुमही, बर्दघाट, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports