kumari
stcnepal

स्थानीय तहका ४६ कर्मचारीको फेरी सरूवा

स्थानीय तहमा कार्यरत ४६ जना कर्मचारीहरूको आज (मंगलवार) अन्तरस्थानीय तहमा सरुवा भएको छ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आज थप ४६ जना स्थानीय तहका कर्मचारीहरूको अन्तरस्थानीय तहमा सरुवा गरिएको हो। निर्वाचन आयोगले चैत्र १५ गते सम्म सबै सरुवा तथा काज मिलाउन यस अघि नै निर्देशन दिएको हुनाले मन्त्रलायले सरुवा लगायतको काम धमाधम गरिरहेको छ।

सोमवार मात्र ५३५ जना स्थानीय तहका कर्मचारीहरूको अन्तरस्थानीय तह सरुवा गरी काम काजमा खटाइएको थियो।

 

 

footer