kumari
stcnepal

राप्रपाको कार्यसम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पार्टीको केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा मनोनीत भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई मंगलबार केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान बीच भएको सम्झौता अनुसार कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन् । यसअघि कार्यसम्पादन समितिमा २० जना मनोनीत भइसकेका छन् ।

 

 

 

footer