kumari
stcnepal

आज त्रिदेशीय टी ट्वान्टी शृङखलामा नेपालले पीएनजी सँग खेल्ने

काठमाडौं । त्रिदेशीय टी–ट्वेण्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्यूगिनी पीएनजी सँग खेल्दैछ ।

नेपाल र पीएनजीले आज आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । पीएनजी सँग खेल्दा आज नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय हुनेछ । नेपालले अहिले सम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ ।


यसअघि हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । लगातार दोस्रो जित सँगै नेपाल चार अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसिया सँग खेल्नेछ ।

अस्ति भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो । मलेसियाको दुई अंक रहेको छ । भोलि मलेसिया र पीएनजी खेल्नेछन् ।

 

 

 

footer