प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज त्रिदेशीय टी ट्वान्टी शृङखलामा नेपालले पीएनजी सँग खेल्ने

611
shares

काठमाडौं । त्रिदेशीय टी–ट्वेण्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्यूगिनी पीएनजी सँग खेल्दैछ ।

नेपाल र पीएनजीले आज आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । पीएनजी सँग खेल्दा आज नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय हुनेछ । नेपालले अहिले सम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ ।


यसअघि हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । लगातार दोस्रो जित सँगै नेपाल चार अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसिया सँग खेल्नेछ ।

अस्ति भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो । मलेसियाको दुई अंक रहेको छ । भोलि मलेसिया र पीएनजी खेल्नेछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports