kumari
stcnepal

तीन जना एआईजी बढुवा विरुद्ध, दुई जना डीआईजी अर्याल र कार्कीको रिट निवेदन सर्वोच्चमा

 

काठमाडौँ । एआईजीमा तीन जना डीआईजीहरू बढुवा भएपछि त्यसविरुद्ध दुई जना डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन बोकेर आज बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

मन्त्रिपरिषद्को आज बिहीबार नै बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए ।

तर, लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु अर्याल, ईश्वरबावु कार्कीसँगै प्रकाशजंग कार्कीले पनि लोकसेवा आयोगमा उजुरी गरेका थिए ।

बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

footer