विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन जना एआईजी बढुवा विरुद्ध, दुई जना डीआईजी अर्याल र कार्कीको रिट निवेदन सर्वोच्चमा

559
shares

 

काठमाडौँ । एआईजीमा तीन जना डीआईजीहरू बढुवा भएपछि त्यसविरुद्ध दुई जना डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन बोकेर आज बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

मन्त्रिपरिषद्को आज बिहीबार नै बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए ।

तर, लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु अर्याल, ईश्वरबावु कार्कीसँगै प्रकाशजंग कार्कीले पनि लोकसेवा आयोगमा उजुरी गरेका थिए ।

बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports