kumari
stcnepal

संघीय मन्त्रालयको मतगणना स्थलमा सीसी क्यामेरा राख्न स्थानीय तहलाई पत्राचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।

निर्वाचन आयोगको आग्रहमा मन्त्रालयले यस्तो पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहले पनि सीसी क्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएका छन् । ‘मतगणनास्थलमा सीसी क्यामेरा राख्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पत्राचार भएको छ र स्थानीय तहहरु बाट सकारात्मक सूचना प्राप्त भएको छ’, बिहीबार आयोजित निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेले भने ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार आयोगले आफैं किनेर सीसी क्यामेरा राख्दा चुनावपछि त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकाहरुलाई नै आग्रह गरिएको हो । उनका अनुसार प्रत्येक मतगणना स्थलमा सीसी क्यामेराको व्यवस्था मिलाइनेछ । निर्वाचन आयोगले सीसी क्यामेरा मार्फत केन्द्र बाटै अनुगमन गर्नेछ । ‘सीसी क्यामेरा बाट निगरानी गर्दा तत्काल पर्ने दुर्घटनाहरु रोक्न सकिन्छ’, थपलियाले भने ।

 

 

 

footer