प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीय मन्त्रालयको मतगणना स्थलमा सीसी क्यामेरा राख्न स्थानीय तहलाई पत्राचार

1.4K
shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।

निर्वाचन आयोगको आग्रहमा मन्त्रालयले यस्तो पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहले पनि सीसी क्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएका छन् । ‘मतगणनास्थलमा सीसी क्यामेरा राख्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पत्राचार भएको छ र स्थानीय तहहरु बाट सकारात्मक सूचना प्राप्त भएको छ’, बिहीबार आयोजित निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेले भने ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार आयोगले आफैं किनेर सीसी क्यामेरा राख्दा चुनावपछि त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकाहरुलाई नै आग्रह गरिएको हो । उनका अनुसार प्रत्येक मतगणना स्थलमा सीसी क्यामेराको व्यवस्था मिलाइनेछ । निर्वाचन आयोगले सीसी क्यामेरा मार्फत केन्द्र बाटै अनुगमन गर्नेछ । ‘सीसी क्यामेरा बाट निगरानी गर्दा तत्काल पर्ने दुर्घटनाहरु रोक्न सकिन्छ’, थपलियाले भने ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports