kumari
stcnepal

पपुवान्युगिनीलाई ३७ रनले हराउँदै नेपाल फाइनलमा

नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो । पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

त्यस्तै टोनी उराले ४३ रन बनाउँदा सेसे बाउटले २५ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट लिए ।
त्यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० मा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रले ६६ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्रलाई नोसाइना पोकानले १९ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । त्यस्तै आदिल अन्सारीले ३१ रनको योगदान गरे । उनले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे । आदिललाई कबुवा मोरेआले एलबीडब्लू आउट गराए ।

footer