प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पपुवान्युगिनीलाई ३७ रनले हराउँदै नेपाल फाइनलमा

520
shares

नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो । पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

त्यस्तै टोनी उराले ४३ रन बनाउँदा सेसे बाउटले २५ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट लिए ।
त्यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० मा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रले ६६ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्रलाई नोसाइना पोकानले १९ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । त्यस्तै आदिल अन्सारीले ३१ रनको योगदान गरे । उनले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे । आदिललाई कबुवा मोरेआले एलबीडब्लू आउट गराए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports