kumari
stcnepal

सिरहाको धनगढीमाई नगरपालिकाको धनगढी बजारका पसलमा आगलागी, एक करोड भन्दा बढीको क्षति

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१० धनगढी बजारमा रहेको तीन वटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।


आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोला भन्दा बढि सुन समेत आगोमा परेको जनाएको छ । विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ ।

विद्युत सर्ट भएर आगो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिए । आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिका बाट आएको दमकलले नियन्त्रण लिएको जनाएको छ ।

 

footer