विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिरहाको धनगढीमाई नगरपालिकाको धनगढी बजारका पसलमा आगलागी, एक करोड भन्दा बढीको क्षति

624
shares

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१० धनगढी बजारमा रहेको तीन वटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।


आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोला भन्दा बढि सुन समेत आगोमा परेको जनाएको छ । विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ ।

विद्युत सर्ट भएर आगो आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिए । आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिका बाट आएको दमकलले नियन्त्रण लिएको जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports