kumari
stcnepal

नेपालमा पनि प्रयोगमा आउने भयो भारतको रुपे कार्ड

काठमाडौं । भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा आउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको नेपालमा पनि सुरुआत गरेका छन् ।

यो भारतको राष्ट्रिय भुक्तानी निगमले जारी गरेको कार्ड हो । भारतको भुक्तानी प्रणालीलाई एकीकृत गर्न जारी भएको कार्डलाई अब नेपालका बैंकहरुले पनि प्रयोगमा ल्याउन सक्नेछन् । ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै रूपे कार्डलाई पनि नेपालको बैंकले जोड्न सक्नेछन् । ‘रुपे’ कार्ड बाट नेपालमा पनि भुक्तानीको सुविधा दिइनेछ।

भारतको एसबीआई जस्ता ठूला बैंकह देखि देशका सबै प्रमुख बैंकहरूले रुपे डेबिट कार्डहरू जारी गरेका छन् । विशेषगरी भारतमा प्रधानमन्त्री जन-धन योजना अन्तर्गत खोलिएका सबै खाताहरूको लागि रुपे कार्डहरूको प्रयोग भएको छ।

भारतमा रेलवे यात्रुहरूले अब आफ्नो रुपे प्रिपेड कार्ड प्रयोग गरेर टिकट बुकिङ बाहेक किनमेल गर्न सक्छन् । सेवा सँग सम्बन्धित बिलहरू पनि तिर्न पनि सक्छन् ।
भारतमा यी कार्डहरू दुई श्रेणीमा जारी गरिन्छ, एउटा लोडिङ सीमा रु. १० हजार र अर्को रु ५० हजार छ । प्रत्येक कार्डमा कुनै शुल्क बिना प्रति महिना ५ वटा निःशुल्क कारोबार हुन्छ । यो भारतीय बैंकहरू, एटीएम, पीओएस टर्मिनलहरू वा ई-वाणिज्य वेबसाइटहरूमा सहज रूपमा चल्छ ।

 

 

footer