प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा पनि प्रयोगमा आउने भयो भारतको रुपे कार्ड

663
shares

काठमाडौं । भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा आउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको नेपालमा पनि सुरुआत गरेका छन् ।

यो भारतको राष्ट्रिय भुक्तानी निगमले जारी गरेको कार्ड हो । भारतको भुक्तानी प्रणालीलाई एकीकृत गर्न जारी भएको कार्डलाई अब नेपालका बैंकहरुले पनि प्रयोगमा ल्याउन सक्नेछन् । ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै रूपे कार्डलाई पनि नेपालको बैंकले जोड्न सक्नेछन् । ‘रुपे’ कार्ड बाट नेपालमा पनि भुक्तानीको सुविधा दिइनेछ।

भारतको एसबीआई जस्ता ठूला बैंकह देखि देशका सबै प्रमुख बैंकहरूले रुपे डेबिट कार्डहरू जारी गरेका छन् । विशेषगरी भारतमा प्रधानमन्त्री जन-धन योजना अन्तर्गत खोलिएका सबै खाताहरूको लागि रुपे कार्डहरूको प्रयोग भएको छ।

भारतमा रेलवे यात्रुहरूले अब आफ्नो रुपे प्रिपेड कार्ड प्रयोग गरेर टिकट बुकिङ बाहेक किनमेल गर्न सक्छन् । सेवा सँग सम्बन्धित बिलहरू पनि तिर्न पनि सक्छन् ।
भारतमा यी कार्डहरू दुई श्रेणीमा जारी गरिन्छ, एउटा लोडिङ सीमा रु. १० हजार र अर्को रु ५० हजार छ । प्रत्येक कार्डमा कुनै शुल्क बिना प्रति महिना ५ वटा निःशुल्क कारोबार हुन्छ । यो भारतीय बैंकहरू, एटीएम, पीओएस टर्मिनलहरू वा ई-वाणिज्य वेबसाइटहरूमा सहज रूपमा चल्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports