kumari
stcnepal

पाँच दलिय गठवन्धन पराजीत घिमिरे निर्वाचित

पाँचथर उद्योग वाणिज्य संघको १२ औं अधिवेशनबाट एमाले निकट व्यवसायी नवराज घिमिरे निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी काँग्रेस निकट नरेन्द्रप्रसाद अधिकारीलाई ७९ मतले पछि पार्दै घिमिरे निर्वाचित भएका हुन् । उपाध्यक्षमा बसन्त रिजाल, कुमारी मिश्र, मिलन गिरि र सोमकुमार थापा निर्वाचित भएका छन् ।

महासचिवमा उमेश अधिकारी, सचिवमा विकास थापा र कोषाध्यक्षमा चन्द्र प्रसाद डाँगी निर्वाचित भएका छन् ।अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित भएका छन् । घिमिरेले छ सय ५२ मत र अधिकारीले पाँच सय ७३ मत प्राप्त गरेका छन् ।

अधिकारी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हुन् । अधिवेशनमा काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र संघीय समाजवादीबीच गठबन्धन थियो ।

footer