नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकारिताको धर्म विपरित प्रधानमन्त्रीको उद्घोष

689
shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपीओली पछिल्लो पटक सञ्चार जगत् प्रति आक्रोशित हुन थालेका छन् । प्रधानमन्त्री सहभागि हुने प्राय प्रत्येक कार्यक्रममा उनले सञ्चारमाध्यमका विरुद्ध आक्रोश पोख्दै आएका छन् । सञ्चारमाध्यमले अप्ठ्यारो अवस्थाको फाइदा उठाउन खोजेको प्रधानमन्त्री ओलीको आरोप रहेको छ । केही दिन पहिला पनि सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरुसँगको भेटमा उनले सञ्चारमाध्यमप्रति आक्रोश पोखेका थिए । प्रधानमन्त्री ओलीको एउटै आरोप छ केही सञ्चारमाध्यमहरुले सरकारप्रति अनास्था फैल्याईदिए भनेर । सञ्चार माध्यमले त जहिलेसुकै पनि सरकारले गरेका राम्रा कामको समर्थन गर्ने र जनताको हित विपरितका कार्यहरुको विरोध गर्ने धर्म निभाइरहेका बेला सञ्चार माध्यमलाई गाली गर्नुको कुनै अर्थ रहँदैन ।

गत शुक्रबार विहानै प्रधानमन्त्री ओलीको श्रमिक दिवसको अवसरमा शुभकामना आयो । शुभकामनाको अन्त्यतिर उनले सञ्चारमाध्यमप्रति तीव्र रोष प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकका मिडियाहरुले र सोसल मिडियाले मुलुकमा अस्थिरता निम्त्याउन खोजिरहेको जस्तो गम्भीर आरोप सञ्चारमाध्यमलाई लगाएका छन् । आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयासहरु भएको भन्दै त्यसको चर्चा समेत गरेका छन् । प्रधानमन्त्री ओलीले यति मात्र भनेका छैनन् उनले आफ्नो आलोचना गर्नेहरु विरुद्ध उत्रिन सरकार, नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र आम नेपाली जनतालाई आह्वान समेत गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन् आफ्ना स साना स्वार्थ वा कुनै गलत उदेश्यका साथ कसैले यस परिस्थितिलाई विथोल्न र विगार्न खोज्छ भने सरकार नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई किमार्थ स्वीकार नहुने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन् । यस्ता प्रयासलाई सफल हुन दिन्न म सबैलाई आश्वस्त पनि पार्न चाहान्छु भनेका छन् । दोस्रो पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री ओलीले पटक पटक सञ्चार माध्यमलाई चेतावनी भाषामा धम्की दिँदै आएका छन् । केही समय पहिला उनले आफ्नो सरकारका कामको प्रतिरक्षागर्न सिंगो पार्टीपंक्ति र आफ्ना कार्यकर्ताहरुलाई अरिंगालको गोला भएर खनिन निर्देशन समेत दिएका थिए । त्यसको केही समयपछि नै सरकारका काम कारबाही बारेमा समारचाहरु प्रकाशित गर्ने र लेख्ने विरुद्ध सामाजिक सञ्जालमा फेक नाम राखेर खोइरो खन्ने काम समेत गरिएको थियो । सञ्चार माध्यमले सरकारका कामको जानकारी जनतालाई दिने र जनताका गुनासाहरु, पीरमर्का सरकारसँग पु¥याईदिने पुलको काम गरिरहेको बेलो यसरी प्रधानमन्त्री नै सञ्चार माध्यमविरुद्ध खनिनु आफ्नो नेतृत्वको सरकारको असफलता लुकाउने काम बाहेक अन्य केही हुन सक्दैन ।

ओली नेतृत्वको सरकारले गरेका हरेक कार्यहरु विवादको घेरामा तानिएका छन् । विगतमा सरकारले सरोकारवालाहरुसँग छलफल र बहसै नगरी केही विवादास्पद विधेयकहरु संसदमा दर्ता गराएको थियो । जसमा मिडिया काउन्सिल विधेयक आम सञ्चारमाध्यमसम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक, सेना परिचान सम्बन्धी विधेयकहरुका विरुद्ध सञ्चार माध्यमलले व्यापक विरोध गरेका थिए । गुठीसम्बन्धी विधेयकको त सडकमै व्यापक विरोध भयो । जनताको विरोध थेग्न नसकेपछि उक्त विधेयक फिर्ता लिन बहुमतको सरकार बाध्य भयो । विधेयकहरु ल्याउँदा पहिला नै सरोकारवालाहरुसँग व्यापक छलफल र बहस गर्नुको बदला आफ्ना पार्टीका त्यसमा पनि आफ्ना पक्षका केही व्यत्तिःहरुको सल्लाह र सुझावमा विधेयक ल्याइएको र त्यस्ता विधेयकहरु जनताको हितमा नभएकाले सञ्चार माध्यमले विरोध गरेपछि प्रधानमन्त्री ओली सञ्चारमाध्यमप्रति रुष्ट बन्दै गएका थिए । पछिल्लो पटक बैशाख ८ गते राजनीतिक दल विभाजन सम्बन्धी ऐन र सम्वैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरियो । तर ती दुवै अध्यादेशको सञ्चारमाध्यम र सबै राजनीतिक दलहरुले विरोध गरेपछि आफ्नै पार्टीको विरोध थेग्न नसकेपछि ७२ घण्टामै अध्यादेश फिर्ता लिन ओली सरकार बाध्य भएको थियो । त्यही रिस पोख्न प्रधानमन्त्री ओली अहिले सञ्चारमाध्यमको विरोधमा खनिएका छन् । श्रमिक दिवसको अवसरमा दिएको प्रधानमन्त्रीको सन्देशमा घुमाउरो पाराले आफ्ना अरिंगालहरुलाई प्रतिकारमा उत्रन आग्रह प्रधानमन्त्रीले गरेका छन् । मन्त्रिपरिषद्को बैठकमै समेत उनले सञ्चार माध्यमका विरुद्ध गाली गर्ने गरेका छन् । यसरी मुलुकका प्रधानमन्त्री नै सञ्चारमाध्यमको विरुद्ध खनिनुको अर्थ के ?

मुलुक यतिबेला कोरोना भाइरसको आतंकले आक्रान्त रहेको बेला त्यसको रोकथाम र नियन्त्रण गर्न खरिद गरिएको औषधी र उपकरणमा समेत व्यापक घोटला भएको समाचार प्रकाशित भएपछि घोटालामासंलग्न भएकाहरुलाई कानुनी कारबाही गर्नुको बदला उनीहरुलाई बचाउन नै प्रधानमन्त्री लाग्नुभयो । यति समूहलाई नेपाल ट्रष्टको जग्गा सम्झौता अवधि ६ वर्ष बाँकी हुँदाहुँदै पुन कौडीको मूल्यमा त्यही समूहलाई पुन दिइयो । बालुवाटार, ललितानिवास जग्गा काण्डमा संलग्न भएकाहरुलाई आफ्नो पार्टीका भएको भन्दै केहीलाई मुद्दा नचलाउन दबाब दिइयो । यी सबै काण्डहरुलाई भण्डाफोर सञ्चार माध्यमले नै गरेका हुनाले प्रधानमन्त्री सञ्चार माध्यमका विरुद्ध खनिएको प्रष्ट हुँदै गएको छ । मन्त्रिपरिषद्को बैठकमै सञ्चार माध्यमको विरोध गर्नुले प्रधानमन्त्री ओली सञ्चारमाध्यमलाई चीनमा जस्तो आफ्नो नियन्त्रणमा राख्नका लागिपर्नु भएको भएपनि त्यो असम्भव रहेपछि उनी आफ्ना भाट र हुक्के बैठकेहरु चलाएका सञ्चार माध्यममा आफ्नो तारिफ गर्न लगाउनुहुन्छ तर स्वतन्त्र पत्रकारिता गरिरहेका सञ्चारमाध्यमले त्यसो नगरेपछि उनी सञ्चारमाध्यमको विरुद्ध खनिनु भएको हो ।

कहिले प्रधानमन्त्री भन्नुहुन्छ आफ्नो सरकारका सकारात्मक काम कारबाहीका बारेमा समाचार लेख्ने मुटु भएका सम्पादकहरु नै छैनन् भन्दै आपत्ति जनाउनुहुन्छ भने कहिले सञ्चार माध्यमले बेथिति फैलाई दिए भनेर दुःख पोख्नुहुन्छ । स्टालिनको साहित्य पढेका कम्युनिष्ट नेताहरुलाई आफ्ना आलोचक कोही हुनु हुन्न भन्ने भ्रम परेको छ । अमेरिकाका तत्कालिन राष्ट्रपति हेनरी किसिन्जरलाई एक पटक सोधिएको थियो रे तिमी सञ्चार माध्यम नभएको राज्य लिन्छौ कि सञ्चार माध्यम भन्दा उनले आफूले सञ्चार माध्यम लिने अभिव्यक्ति दिएका थिए । तर हाम्रा प्रधानमन्त्री भने आफ्नो तारिफका भोका रहेका हुनाले सबै सञ्चार माध्यमले आफ्नो तारिफ गरिदिनऊन् भन्ने चाहानुहुन्छ त्यो उहाँको भ्रम बाहके अन्य केही हुन सक्दैन । पत्रकारिताको धर्म अनुसार सञ्चार माध्यम चलेको हुनाले जनताको हित विपरितका कार्यमा सञ्चार माध्यम सञ्चालन हुन सक्दैनन् । पत्रकारिताको धर्म विपरित गएर सञ्चार माध्यमले सरकारले गर्ने जनताका हित विपरितका कार्यलाई समर्थन गर्न सक्दैनन् भन्ने हेक्का प्रधानमन्त्री र सत्ताधारी दलका नेता तथा कार्यकर्तालाई होस् भन्ने हामी कामना मात्र गर्न सक्छौँ, भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports