kumari
stcnepal

श्रीलंकाका राष्ट्रपति राजपाक्षेले चार मन्त्री नियुक्त गरे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले चार मन्त्री नियुक्त गरेका छन् । र उनीहरुले सपथ पनि लिएका छन् । आइतबार राति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए ।

देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका राष्ट्रपतिले चार मन्त्री नियुक्त गरेका हुन् । तर राष्ट्रपति गोटाबायाले आफ्ना भाइ बासिल गोटबायालाई भने मन्त्रिपरिषदमा स्थान दिएका छैनन् । यसअघि उनका भाइ बासिल वित्त मन्त्री थिए । राष्ट्रपति गोटाबाया, प्रधानमन्त्री महिन्द राजपाक्षे, बासिल दाजु भाइ हुन् । बासिलको ठाउँमा अली साबरीलाई वित्त मन्त्री बनाइएको छ ।

राष्ट्रपति गोटाबायाले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा आउन आह्वान गरेका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तर बाट राजपाक्षे दाजुभाइको राजिनामा मागेर प्रदर्शन भइरहेको छ ।

प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा संकटकाल लगाइएको छ । मुख्य शहरमा कर्फ्यू आदेश जारी गरिएको छ । सामाजिक सञ्जाल प्रयोगमा रोक लगाइएको छ । कर्फ्यू तोडेर नै प्रदर्शनकारी सडकमा निस्किएका छन् । विदेशी मुद्राको अभाव भएपछि श्रीलंकाले औषधि सहितका अत्यावश्यक सामग्री किन्न सकेको छैन ।

 

 

 

footer