kumari
stcnepal

प्रधानमन्त्रीले भोलि चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्ने

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह मंगलबार देखि सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने गरी सबै तयारी सकिएको नेपाल इन्टरमोडल यातायत विकास समितिले जनाएको छ ।

काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिने छ । जसका कारण आयात तथा निर्यात लागत समेत कम पर्ने व्यवसायीहरु बताउँछन् ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाह उद्घाटन कार्यक्रम मंगलबार दिउँसो २ बजेका लागि तय गरिएको छ । वीरगञ्ज बाट माल वस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएको कन्टेनरलाई बन्दरगाहमा प्रधानमन्त्रीले भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरिने कार्यक्रम रहेको समितिले जनाएको छ ।

‘गत साउन निर्माण सम्पन्न भएको परियोजना सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ, भोलि प्रधानमन्त्रीले बन्दरगाह उद्घाटन गर्नुहुनेछ’ कार्यकारी निर्देशक गजुरेलले बताए ।

 

 

footer