२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीले भोलि चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्ने

650
shares

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह मंगलबार देखि सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने गरी सबै तयारी सकिएको नेपाल इन्टरमोडल यातायत विकास समितिले जनाएको छ ।

काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिने छ । जसका कारण आयात तथा निर्यात लागत समेत कम पर्ने व्यवसायीहरु बताउँछन् ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाह उद्घाटन कार्यक्रम मंगलबार दिउँसो २ बजेका लागि तय गरिएको छ । वीरगञ्ज बाट माल वस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएको कन्टेनरलाई बन्दरगाहमा प्रधानमन्त्रीले भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरिने कार्यक्रम रहेको समितिले जनाएको छ ।

‘गत साउन निर्माण सम्पन्न भएको परियोजना सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ, भोलि प्रधानमन्त्रीले बन्दरगाह उद्घाटन गर्नुहुनेछ’ कार्यकारी निर्देशक गजुरेलले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports