kumari
stcnepal

सबै राजनितिक दलहरू सँग आज छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज (मंगलबार) स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरू सँग छलफल गर्दै छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई छलफलमा बोलाइएको जानकारी दिए ।

बिहान साढे ११ बजे उनीहरूलाई छलफलका लागि बोलाइएको उनले बताए । राजनीतिक दल सँग निर्वाचन आचारसंहिताको पूर्ण पालना बारे छलफल हुने उनको भनाई छ । आयोगले निर्वाचनमा भाग लिने ७९ दल सँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारी बारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दल सँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो । सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरू बाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

footer