गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सबै राजनितिक दलहरू सँग आज छलफल गर्दै निर्वाचन आयोग

650
shares

काठमाडौं । निर्वाचन आयोगले आज (मंगलबार) स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरू सँग छलफल गर्दै छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई छलफलमा बोलाइएको जानकारी दिए ।

बिहान साढे ११ बजे उनीहरूलाई छलफलका लागि बोलाइएको उनले बताए । राजनीतिक दल सँग निर्वाचन आचारसंहिताको पूर्ण पालना बारे छलफल हुने उनको भनाई छ । आयोगले निर्वाचनमा भाग लिने ७९ दल सँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारी बारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दल सँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो । सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरू बाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports