kumari
stcnepal

भरतपुर महानगरपालिकामा दाबी गर्दै कांग्रेसका नेताहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने

चितवन । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै कांग्रेसका नेताहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने भएका छन् । केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, जिल्लाका सांसद र जिल्ला सभापति सहितको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं जान लागेको हो ।

अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसको समेत समर्थनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि मेयरमा माओवादीले दाबी गरेको छ । हालै गृहजिल्ला चितवन आएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मेयरमा आफूहरुको दाबी रहेको बताएका थिए । तर यस पटक कांग्रेसले पनि मेयरमा दाबी गरेको छ । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भरतपुर महानगरमा कांग्रेसले मेयरको दाबी नछोड्ने बताउँदै आएका छन् । अघिल्लो पटक कांग्रेसले माओवादीलाई सघाएकाले अब माओवादीले कांग्रेसलाई सघाउनु पर्ने उनको धारणा छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादीले मेयर र कांग्रेसले उपमेयर उम्मेदवार बनाएर तालमेल गरेका थिए ।

 

 

footer