नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भरतपुर महानगरपालिकामा दाबी गर्दै कांग्रेसका नेताहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने

481
shares

चितवन । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै कांग्रेसका नेताहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने भएका छन् । केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, जिल्लाका सांसद र जिल्ला सभापति सहितको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं जान लागेको हो ।

अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसको समेत समर्थनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि मेयरमा माओवादीले दाबी गरेको छ । हालै गृहजिल्ला चितवन आएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मेयरमा आफूहरुको दाबी रहेको बताएका थिए । तर यस पटक कांग्रेसले पनि मेयरमा दाबी गरेको छ । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भरतपुर महानगरमा कांग्रेसले मेयरको दाबी नछोड्ने बताउँदै आएका छन् । अघिल्लो पटक कांग्रेसले माओवादीलाई सघाएकाले अब माओवादीले कांग्रेसलाई सघाउनु पर्ने उनको धारणा छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादीले मेयर र कांग्रेसले उपमेयर उम्मेदवार बनाएर तालमेल गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports