kumari
stcnepal

सर्वसाधारण बाट रकम असुलेको घटनाको छानबनिको माग गर्दै स्थानीय वासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी

बुटवल । बुटवलमा घडेरी दिने नाममा सर्वसाधारण बाट रकम असुलेको घटनाको छानबनिको माग गर्दै स्थानीय वासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाका पदाधिकारीले लाखौं रकम असुली गरेर घडेरी नदिइएको भन्दै छानबिनको माग सहित स्थानीयले तालाबन्दी गरेका हुन् । टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामी सहितका स्थानीयले मंगलबार तालाबन्दी गरेका हुन् । छानबिन गरी सत्यतथ्य सार्वजनिक नगरे सम्म तालाबन्दी जारी रहने संस्थाका पूर्वसल्लाहकार सुनिल न्यौपानेले बताए ।

टोल विकास संस्थाका पदाधिकारीले सार्वजनिक जग्गा बेचबिखन गर्ने, आफू र आफन्तको नाममा दुई भन्दा बढी घडेरी लिएर कमाई खाने भांडो बनाएको पीडितको आरोप छ । टोल विकास संस्थाले गैरकानुनी काम ढाकछोपका लागि प्रहरी र कतिपय पत्रकारलाई समेत घडेरी बाँड्ने गरेको भन्दै पीडितले छानबिन र कारवाहीको माग गरेका छन् । टोल विकास संस्थाका पदाधिकारीले विभिन्न व्यक्ति बाट १८ लाख असुली गरेर हिनामिना गरेको आरोप लागेको छ ।

footer