२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वसाधारण बाट रकम असुलेको घटनाको छानबनिको माग गर्दै स्थानीय वासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी

793
shares

बुटवल । बुटवलमा घडेरी दिने नाममा सर्वसाधारण बाट रकम असुलेको घटनाको छानबनिको माग गर्दै स्थानीय वासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाका पदाधिकारीले लाखौं रकम असुली गरेर घडेरी नदिइएको भन्दै छानबिनको माग सहित स्थानीयले तालाबन्दी गरेका हुन् । टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामी सहितका स्थानीयले मंगलबार तालाबन्दी गरेका हुन् । छानबिन गरी सत्यतथ्य सार्वजनिक नगरे सम्म तालाबन्दी जारी रहने संस्थाका पूर्वसल्लाहकार सुनिल न्यौपानेले बताए ।

टोल विकास संस्थाका पदाधिकारीले सार्वजनिक जग्गा बेचबिखन गर्ने, आफू र आफन्तको नाममा दुई भन्दा बढी घडेरी लिएर कमाई खाने भांडो बनाएको पीडितको आरोप छ । टोल विकास संस्थाले गैरकानुनी काम ढाकछोपका लागि प्रहरी र कतिपय पत्रकारलाई समेत घडेरी बाँड्ने गरेको भन्दै पीडितले छानबिन र कारवाहीको माग गरेका छन् । टोल विकास संस्थाका पदाधिकारीले विभिन्न व्यक्ति बाट १८ लाख असुली गरेर हिनामिना गरेको आरोप लागेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports