kumari
stcnepal

राखेप बाट बर्खास्त गर्ने निर्णय विरुद्ध तत्कालिन सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद बाट आफूलाई बर्खास्त गर्ने निर्णय विरुद्ध तत्कालिन सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यद्यपि फैसलाको लिखित रुप आइसकेको छैन । रिट खारेज भए सँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।

सदस्य सचिव सम्बन्धी विवादका कारण राखेपको कामकाज केही महिनायता प्रभावित थियो । सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन् ।

 

 

footer